राजधानी कार्यान्वयन अनिवार्य छ : शर्मा



राजधानी कार्यान्वयन अनिवार्य छ : शर्मा
भालुवाङ २३ कार्तिक । लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले राजधानी क्षेत्रबाट प्रदेश सभा सञ्चालन गरिने र त्यसपछि राजधानी कार्यान्वयनले तिब्रता पाउने बताएका छन् । पूर्ववत् सरकारको कुशलताका कारण प्रदेश राजधानी कार्यान्यवनले अहिले पनि निरन्तरता पाएको बताए। ‘अनेक खालका अडकल र हल्ला चलाउनेहरु पनि छन । हामी प्रदेश सभाले गरेको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौं’शर्माले भने–‘सांस्कृतिक तथा व्यवस्थित राजधानी सहर हामीले चाहेको राजधानी सहर हो । जो मौलिक र ऐतिहाँसिक होस ।’
प्रदेश राजधानीको गुरुयोजना निर्माण कार्यलाई छिटो टुङ्गोमा पु¥याएर कार्यान्वयनमा लैजान सुझाव प्राप्त भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजधानीको गुरुयोजना निर्माण सकेर सन्तुलित विकासको अवधारणा अनुसार पूर्वाधार निर्माणलाई अघि बढाउन स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्रका अगुवाहरुले सुझाव दिएका छन ।
‘कोइलावास नाकालाइ राजधानीको नजिकको नाकाको रुपमा प्रयोग गर्नेगरी योजना बनाइनुपर्छ’दाङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हेमराज बञ्जाडेले भने–‘गुरुयोजना पछि सुरु हुने ल्याण्डपुलिङ्गको कामलाई व्यवस्थित बनाइनुपर्छ ।’ कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी, तुलसीपुर उपमहानगरपालिकाका उप–प्रमुख मायाँ शर्मा, सितंगा नगरपालिका–९ का वडा अध्यक्ष भिमबहादुर केसी, दाङ उद्योग बाणिज्य संघका सचिव शिवकुमार श्रेष्ठ, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशवराज पोख्रेल, पूर्व उपाध्यक्ष गंगाराम भट्टराई लगायतले छिटो गुरुयोजना निर्माण गरेर कार्यान्वयनमा लैजान सुझाव दिए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवारकल्याण मन्त्री  इन्द्रजीत थारुले राजधानीको गुरुयोजना निर्माण गरेर एकीकृत रुपमा कार्यान्वयनमा लगिने बताए । प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी अधिकृत अनन्तराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहरी विज्ञ डाक्टर बिजयकुमार श्रेष्ठ र विदेशी परामर्श दाता स्पेनका प्रध्यापक सापटे राजधानी सहर निर्माणका अन्तरास्ट्रिय अनुभव सहितको प्रस्तुति राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे