जखेरातालमा सञ्चारमैत्री देउसीभैलोको समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न



जखेरातालमा सञ्चारमैत्री देउसीभैलोको समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

लमही २४ कार्तिक । देउखुरीको लमही नगरपालिका ३ जखेरातालमा आज देउसीभैलोको समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । भालुवाङ सञ्चार सेवा प्रालि द्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनको आयोजना एवम् समावेशी रेडियो स्रोता क्लवको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

यहि कार्तिक १८ देखि २१ ग्ते सम्म सञ्चालित देउसीभैलोबाट संकलित रकम मध्ये २५ प्रतिशत रकमले ४ दिनको देउसीभैलोको समिक्षा र ५ हजार देखि माथि कार्तिके दान दिने दानदाताहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको अध्यक्षता एवम् सञ्चालक समितिका अध्यक्ष रामप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १६ हजार १ सय रुपैयाँ दान दिने राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी ज्ञानु केसी, ५ हजार ५ सय ५५ रुपैयाँ दान दिने रेडियो राप्ती÷ राप्ती टेलिभिजन सञ्चालक समितिका सचिव राप्ती गाउँपालिका ४ मौरीघाट निवासी चन्द्रबहादुर जिसी, ५ हजार ५ सय रुपैयाँ दान दिने सञ्चालक समितिका कोषाध्यक्ष राप्ती गाउँपालिका ३ मसुरीया निवासी मधुसुदन पौडेल, ५ हजार ५ सय रुपैयाँ दान दिने सञ्चालक समितिका सदस्य राप्ती गाउँपालिका ३ मसुरीया निवासी अरविन्द शर्मा घिमिरे, ५ हजार १ सय ६० रुपैयाँ दान दिने राप्ती गाउँपालिका ५ पहरुवा निवासी शिवशवरी धामका शिवलक्ष्मी चौधरी, ५ हजार ५१ रुपैयाँ दान दिने रेडियो राप्ती तथा राप्ती टेलिभिजनलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो ।

त्यसै गरी ५ हजार रुपैयाँ दान दिने सञ्चालक समितिका उपाध्यक्ष राप्ती गाउँपालिका ८ नयाँ बजार सिसहनियाँ निवासी पुर्णबहादुर बुढाथोकी, ५ हजार ५० रुपैयाँ दान दिने राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वेदप्रसाद चौधरी र ५ हजार रुपैयाँ दान दिने राप्ती गाउँपालिका २ बराखुटी निवासी हिमानन्द पाण्डेलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको छ ।

त्यसै गरी देउसी भैलो अवधीधर टेलिभिजन भिडियो छायांकन गरी अतुलनीय सहयोग गरेकाले राप्ती गाउँपालिका वडा नम्बर २ पाखापानी निवासी थमन रानालाई समेत सम्मान गरिएको थियो । त्यसै गरी कार्यक्रममा समावेशी रेडियो राप्ती स्रोता क्लवलाई आवद्धताको प्रमाण पत्र समेत प्रदान गरिएको छ । सञ्चालक समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले क्लवका अध्यक्ष लालमणी भुसाललाई सो प्रमाण पत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा देउसीभैलोको आय व्यय विवरण समेत प्रस्तुत गरिएको थियो । क्लवका सचिव नवीन गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ताले गरेका थिए । कार्यक्रम अघि विहान घोराहीमा रहेको बाराकुने दह र धारापानी क्षेत्रमा रहेको विश्वको अग्लो त्रिशुल अवलोकन तथा रिपोटिङ समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे