देउसी भैलोबाट संकलित रकम सञ्चार क्षेत्रको विकासमा खर्च गरिने



देउसी भैलोबाट संकलित रकम सञ्चार क्षेत्रको विकासमा खर्च गरिने

लालमटिया २३ कार्तिक । भालुवाङ सञ्चार सेवा प्रालि द्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनको आयोजना एवम् समावेशी रेडियो स्रोता क्लवले सञ्चालन गरेको देउसीभैलोबाट संकलित रकम सञ्चार क्षेत्रको विकासमा खर्च गरिने भएको छ ।

स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको अध्यक्षतामा आज रेडियोको कार्यालय लालमटियामा बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो । ४ दिन सम्म खेलेको देउसीभैलो कार्यक्रमबाट संकलित कुल १ लाख ३३ हजार ८ सय ४१ रुपैयाँ मध्ये खर्च कटाएर बचेको ७५ हजार ३१ रुपैयाँ बाट ५० हजार रुपैयाँ सञ्चार क्षेत्रको विकासमा खर्च गर्ने र २५ हजार ३१ रुपैयाँ समिक्षा र मनोरञ्जनमा खर्च गरिने स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

यसै गरी बैठकले भोली देउखुरीको लमही नगरपालिका ३ जखेरातालमा समिक्षा, सम्मान तथा पिकनिक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । बैठकले ५ हजार भन्दा बढी कार्तिके दान प्रदान गर्नेलाई सम्मान गर्ने भएको छ । त्यसै गरी देउसीभैलोको संकलित रकम बैंकमा जम्मा गर्न खाता खोल्ने निर्णय समेत गरेको छ । त्यस्तै समावेशी रेडियो स्रोता क्लवका सहसचिव मदन पोख्रेलको कार्य व्यस्ताका कारण सो पदमा विनोद बेल्वासेलाई मनोनित गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा स्रोता क्लवका अध्यक्ष लालमणी भुसाल सहित अन्य पदाधिकारी, सदस्य, साधारण सदस्य र रेडियोका कर्मचारीहरुको सहभागिता रहेको थियो । बैठकको सहजीकरण सहायक स्टेशन म्यानेजर सन्तोषकुमार गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे