दाङका ८ जनामा कोरोना पुष्टि, ११ जना निको



दाङका ८ जनामा कोरोना पुष्टि, ११ जना निको

दाङ २३ कार्तिक । दाङमा आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ३० जनामा गरिएको पिसिआर परिक्षणमा ५ जना पुरुष्न र ३ जना महिलामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा तुलसीपरका ४, घोराहीका ३ र राप्तीका एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जनाएको छ ।

यस्तै आज दाङका ११ जना कोरोना संक्तमण मुक्त भएका छन् । संक्रमण मुक्त हुुनेमा लमहिका ४, घोराही, तुलसीपुर र बबईका २/२ जना र गढवाका एक जना रहेका छन् ।

अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या २६ मा झरेको छ । उनिहरु मध्य २४ जना घरमा अक्सिजन र आईसियू सहितको उपचारमा १÷१ जना रहेको केन्द्रले जनाएको छ ।यसैविच बैशाख यता दाङमा कोरोना संक्रमित हुनेको संख्या ९ हजार २३० जना पुगेको छ । ८ हजार ९ सय ८७ जना संक्रमण मुक्त भएका छन् भने २१७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे