दाङमा जनगणनाको तयारी पूरा, ८०४ जना गणक खटिए



दाङमा जनगणनाको तयारी पूरा, ८०४ जना गणक खटिए

दाङ २३ कार्तिक । राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा भएको छ । ‘मेरो गणना मेरो सहभागीता’ भन्ने नाराका साथ सञ्चालन हुन लागेको १२ औं जनगणनाको तयारी पूरा भएको हो । दाङमा पनि जनगणनाका लागि तयारी पूरा भएको जिल्ला जनगणना कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले जानकारी दिए ।

दाङसहित देशैभर कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणकहरु नागरिकको घर–घरमा पुगेर विभिन्न तथ्यांकहरु संकलन गर्नेछन् । जसका लागि दाङका १० पालिकाका सय वडामा ८ सय ४ जना गणक खटिएको प्रमुख पोखरेलले बताए ।

गणकहरुलाई कहाँ–कसरी तथ्यांक संकलन गर्ने लगायतको विषयमा तालिम दिइसकिएको उनको भनाई छ । दुई चरणमा गरिने जनगणनामा यसअघि सुपरीवेक्षकले पहिलो चरणको समान्य तथांक संकलन गरिसकेका छन् । अब दास्रो चरणमा गणकहरुले पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्नेछन् । नागरिकहरुले आफ्नो घर–घरमा आउने गणकहरुलाई सहि, सत्य, तथ्य विवरण दिएर सहयोग गरे मात्र जनगणना सफल हुने जिल्ला जनगणना कार्यालय दाङका प्रमुख पोखरेलको भनाई छ । उनले सबै नागरिकलाई सत्य, तथ्य विवरण दिन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे