राप्ती गाउँपालिकाका दुई फरार अभियुक्त पक्राउ



राप्ती गाउँपालिकाका दुई फरार अभियुक्त पक्राउ

दाङ २३ कार्तिक । दाङ प्रहरीले सामुहिक जवरजस्ती करणी गरेको आरोपमा कैद सजाए तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं. ३ मसुरियाका २८ वर्षीय सुवास चौधरी रहेका छन् । चौधरीलाई सामुहिक जवरजस्ती करणी गरेको अभियोगमा दाङ देउखुरी जिल्ला अदालतले २०७३ भदौ २६ गते १० वर्ष ३ महिना १७ दिनको कैद सजाए तोकेको थियो । अदालतको फैसला पछि फरार रहेको उनलाई खोत तलासीको क्रममा राप्ती गाउँपालिका ३ बाट सोमबार पक्राउ गरी अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यता दाङ प्रहरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई १२ वर्ष पछि पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतबाट २०६६ साल बैशाख २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाए तोकिए पछि फरार रहेका प्रतिवादीलाई आईतबार कविलबस्तुबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं.३ बसन्तापुरका ६४ वर्षीय जग्गु चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीलाई सोमबार दाङ देउखुरी जिल्ला अदालत बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे