सर्वोच्चका न्यायाधीशले बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र सुनुवाइ गर्ने



सर्वोच्चका न्यायाधीशले बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र सुनुवाइ गर्ने

काठमाडौं २३ कार्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार पनि बन्दी प्रत्यक्षीकरणको मुद्दामात्र सुनुवाइ गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरुले छलफलबाट बन्दी प्रत्यक्षीकरणका निवेदनहरुको मात्रै पेशी तोक्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सन्देश पठाएका छन् । उनीहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदनहरुको पेशी तोकिए इजलासमा सामेल नहुने चेतावनी दिएका छन् ।

त्यसैगरी आफूहरुले प्रधानन्यायाधीश जबरालाई पनि इजलासमा नबस्न सन्देश पठाएका छन् । उनी इजलासमा सहभागी भए सुनुवाइ नगर्ने चेतावनी दिएको एक न्यायाधीशले जानकारी दिए ।

सोमबार पनि न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश जबराले आफू र न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकेका थिए । तर न्यायाधीश चुडाल प्रधानन्यायाधीश जबराको संयुक्त इजलासमा बसेनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे