रेडियो राप्ती तथा राप्ती टेलिभिजनको तेस्रो  दिनको देउसी भैलोमा १९ हजार बढी कार्तिके दान संकलन



रेडियो राप्ती तथा राप्ती टेलिभिजनको तेस्रो  दिनको देउसी भैलोमा १९ हजार बढी कार्तिके दान संकलन

भालुवाङ २१ कार्तिक । हिन्दुहरुको दोस्रो ठूलो महान चार्ड शुभदिपावलीको अवसरमा भालुवाङ सञ्चार सेवा प्रालि द्वारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनले सञ्चालन गरेको तेस्रो  दिनको देउसी भैलो कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

मौलिक कला संस्कृतिको संरक्षण, हाम्रो अभियान भन्ने मुल नाराका साथ समावेशी रेडियो राप्ती स्रोता क्लवको सहकार्यमा सञ्चालित तेस्रो दिन राप्ती गाउँपालिका वडा नम्बर २ को लालमटिया र बराखुट्टी क्षेत्रमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

तेस्रो दिनको देउसी भैलोमा १९ हजार ६ सय ६० रूपैयाँ कार्तिके दान संकलन भएको छ । जस अनुसार लालमटिया निवासी कृष्ण गुरूङबाट ३ हजार १ सय ५, युवराज न्याैपानेबाट ३ हजार ५, आशिष न्याैपानेबाट २ हजार २ सय ५,बराखुट्टी निवासी सुवास पाैडेलबाट २ हजार १०, लालमटिया निवासी  झग्गुप्रसाद न्याैपानेबाट २ हजार ५ रूपैयाँ कार्तिके दान प्राप्त भएको छ ।

त्यसै गरि घनश्याम न्याैपानेबाट १ हजार ५ सय, कोमानन्द न्याैपानेबाट १ हजार १ सय, विष्णुप्रसाद न्याैपानेबाट १ हजार ५, महेश अधिकारीबाट १ हजार १ सय ५, केशव भुसाल १ हजार ५, शोभाखर भुसालबाट १ हजार १ सय ५ रूपैयाँ  दान संकलन भएको स्टेशन म्यानेजर तथा देउसी भैलो मुल समितिका संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।

३ दिनको अवधीमा ७० हजार ५ सय ९६ रूपैयाँ संकलन भइसकेको छ । संकलित रकम सञ्चारक्षेत्रमा खर्च गरिने स्टेसन म्यानेजर गुप्ताले जानकारी दिनु भएको छ ।

यसै बिच आइतबार बिहान १० बजे देखि राप्ती गाउँपालिकाका अन्य छुटेका ठाउँमा देउसी भैलो सञ्चालन गरिने समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष तथा भैलो परिचालन समितिका अध्यक्ष लालमणी भुसालले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे