रेडियो राप्ती तथा राप्ती टेलिभिजनको दोस्रो दिनको देउसी भैलोमा ३५ हजार बढी कार्तिके दान संकलन



रेडियो राप्ती तथा राप्ती टेलिभिजनको दोस्रो दिनको देउसी भैलोमा ३५ हजार बढी कार्तिके दान संकलन

भालुवाङ २० कार्तिक । हिन्दुहरुको दोस्रो ठूलो महान चार्ड शुभदिपावलीको अवसरमा भालुवाङ सञ्चार सेवा प्रालि द्वारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनले सञ्चालन गरेको दोस्रो दिनको देउसी भैलो कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

मौलिक कला संस्कृतिको संरक्षण, हाम्रो अभियान भन्ने मुल नाराका साथ समावेशी रेडियो राप्ती स्रोता क्लवको सहकार्यमा सञ्चालित दोस्रो दिन राप्ती गाउँपालिका वडा नम्बर ३ को मसुरीया, वडा नम्बर ४ को माैरीघाट र वडा नम्बर ५ को सिसहनियाँ, पहरूवा क्षेत्रमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । दोस्रो दिनको देउसी भैलो कार्यक्रम उद्घाटन रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समितिका सदस्य अरविन्द शर्मा घिमिरेको घरबाट सुरुवात गरिएको थियोे ।

दोस्रो दिनको देउसी भैलोमा मात्रै ३५ हजार ३ सय ७५ रूपैयाँ कार्तिके दान संकलन भएको छ । जस अनुसार रेडियो राप्ती तथा राप्ती टेलिभिजन सञ्चालक समितिका सचिव राप्ती गाउँपालिका ४ माैरीघाट निवासी चन्द्रबहादुर जिसीबाट ५ हजार ५ सय ५५ रुपैयाँ, सञ्चालक समितिका कोषाध्यक्ष राप्ती गाउँपालिका ३ मसुरीया निवासी मधुसुदन पाैडेलबाट ५ हजार ५ सय रुपैयाँ, सञ्चालक समितिका उपाध्यक्ष राप्ती गाउँपालिका ५ निवासी पुर्णबहादुर बुढाथोकीबाट ५ हजार रुपैयाँ, सञ्चालक समितिका सदस्य राप्ती गाउँपालिका ३ मसुरीया निवासी अरविन्द शर्मा घिमिरेबाट ५ हजार ५ रुपैयाँ कार्तिके दान प्राप्त भएकाे छ ।

यस्तै पुर्व संविधान सभा सदस्य राप्ती गाउँपालिका ५ पहरूवा निवासी सुशिला चाैधरीबाट १ हजार ५ सय ५५ रूपैयाँ, शिवलक्ष्मी धाम राप्ती गाउँपालिका ५ पहरूवा निवासी शिवलक्ष्मी चाैधरी तथा मन्दिरका अध्यक्ष मिश्रुलाल चाैधरीबाट ५ हजार १ सय ६० रूपैयाँ, राप्ती गाउँपालिकाकी उपाध्यक्ष पहरूवा निवासी जगदम्बाकुमारी चाैधरीबाट २ हजार ५ सय ५ रूपैयाँ, सिसहनियाँ उद्योग वाणिज्य संघका महासचिव तथा राप्ती गाउँपालिका ५ सिसहनियाँ निवासी ईश्वरीप्रसाद अधिकारीबाट १ हजार ५ सय, सिसहनियाँ निवासी रमेश गाैतमबाट १ हजार, राप्ती गाउँपालिका ८ पिपरी निवासी सुरेश घिमिरेबाट १ हजार ५ सय, राप्ती गाउँपालिका गाउँ कार्यपालिकाका सदस्य सिसहनियाँ निवासी संजिप छिनालबाट १ हजार ५ सय, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष सिसहनियाँ निवासी शान्तराज भण्डारीबाट १ हजार ५ रूपैयाँ दान संकलन भएको स्टेशन म्यानेजर तथा देउसी भैलो मुल समितिका संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

यसै बिच शनिवार दिउँसो २ बजे देखि राप्ती गाउँपालिका वडा नम्बर १ र २ लाई लक्षित गरी देउसी भैलो सञ्चालन गरिने समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष तथा भैलो परिचालन समितिका अध्यक्ष लालमणी भुसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे