प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा आज हल्का पानी पर्ने सम्भावना



प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा आज हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै  २१ कार्तिक ।  प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा आज हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।मौसमविद्का अनुसार यी प्रदेशका केही हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना छ ।

अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको मौसम आज सामान्य बद्ली हुने सम्भावना छ । अरू ठाउँमा भने आंशिक बद्ली हुनेछ । पानी पार्ने प्रणाली नभएकाले केही दिन ठुलो पानी पर्ने सम्भावना छ । देशका धेरै ठाउँमा बिहान र बेलुका चिसो बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे