दाङमा ६० थान सालकाे चिरान काठ बरामद



दाङमा ६० थान सालकाे चिरान काठ बरामद

दाङ २० कार्तिक । डिभिजन वन कार्यालय घोराही दाङले ६० थान सालको चिरान काठ बरामद गरेको छ । बबई गाउँपालिका ५ बबरपुरबाट काटेर राखेको ६० थान चिरान सालको काठ बरामद गरिएको वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिएका छन् ।

ती काठ २५ दशमलव २ क्विफिट रहेको वन कार्यालयका सहायक वन अधिकृत चाैधरीकाे भनाइ छ । बबई ५ कै कप्रेल गाउँको वनमा एउटा रुख काटिएको भन्ने सूचनाका आधारमा खोजी गर्दा ती काठ बरामद भएको कार्यालयले जनाएको छ । सबै प्रमाण फेला नपरेको र काठ काट्ने तथा निकासी गर्ने व्यक्तिको बारेमा अनुसन्धान सुरु गरिएको सहायक वन अधिकृत चौधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे