दाङमा राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने



दाङमा राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

दाङ १७ कार्तिक । हिन्दु  नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारकाे अवसरमा  दाङमा राती ९ बजे पछि देउसी भैलो खेल्न नपाइने भएको छ ।  जिल्ला प्रशासन कार्यालय दाङले बुधवार एक सुचना जारी गर्दै कोरोना भाईरसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्दै सभ्य एवं शान्तिपुर्वक तरिकाले राति ९ बजे सम्म मात्रै देउसी भैलो खेल्न अनुरोध गरेको छ ।

साथै तिहार विशेष कुनैपनि कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर गर्ने कुनैपनि कार्य गरेमा कानुन बमोजिम कार्वाही गरिने प्रशासनले जनाएको छ । यस्तै पटका तथा प्रज्वलनशिल एवं विष्फोटक पदार्थ उत्पादन, ओसारपसार, विक्रि वितरण र प्रयोग नगर्नसमेत आग्रह गरेको छ ।

प्रशासकिय अधिकृत टंकराज गौतमद्धारा जारी सुचनामा मादक पदार्थ लगाएतका नशालु पदार्थ सेवन गरी होहल्ला, झगडा गरी शान्तिसुरक्षालाई असर पार्ने काम गरेमा कानुनी कार्वाही गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे