राजपुरमा एमालेको ६ ओटा वडामा सर्वसहमतीले नेतृत्व चयन



राजपुरमा एमालेको ६ ओटा वडामा सर्वसहमतीले नेतृत्व चयन

भालुवाङ ७ कार्तिक । देउखुरीको राजपुर गाउँपालिकामा नेकपा एमालेको ९ वटै वडामा सर्वसहमतीले नेतृत्व चयन भएको छ । नेकपा एमाले राजपुरले ९ वटै वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको छ ।

जस अनुसार वडा नं. १ मा यमलाल वली अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । त्यस्तै वडा नं. २ मा अयोध्याप्रसाद चौधरी अध्यक्षमा र सुष्मा चौधरी सचिवमा, वडा नं. ३ मा रामवरण यादव अध्यक्षमा र बासुदेव यादव सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी वडा नं. ४ मा लेखराज डाँगी अध्यक्षमा र टेकबहादुर पुन सचिवमा, वडा नं. ५ मा टंकबहादुर विष्ट अध्यक्षमा र भिदु भण्डारी सचिवमा, त्यसैगरी वडा नं. ६ मा राजेन्द्रप्रसाद चौधरी अध्यक्षमा र अरुण चौधरी सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे