देउखुरीको लमहीमा एमालेको ९ ओटै वडामा सर्वसहमतीले नेतृत्व चयन



देउखुरीको लमहीमा एमालेको ९ ओटै वडामा सर्वसहमतीले नेतृत्व चयन

भालुवाङ ६ कार्तिक । देउखुरीको लमही नगरपालिकामा नेकपा एमालेको ९ वटै वडामा निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमाले लमहीले ९ वटै वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको छ ।

जस अनुसार वडा नं. १ मा चेतकान्त खनाल अध्यक्ष र देवेन्द्र श्रेष्ठ सचिवमा सर्वसम्मत चयन भएका छन् । त्यस्तै वडा नं. २ मा अतिराम चौधरी अध्यक्षमा र कालिप्रसाद चौधरी सचिवमा, वडा नं. ३ मा पुनाराम केसी अध्यक्षमा र बसन्त थापा सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी वडा नं. ४ मा सुरेश बुढा अध्यक्षमा र सनम नेपाली सचिवमा, वडा नं. ५ मा जगनारायण चौधरी अध्यक्षमा र राकेश श्रेष्ठ सचिवमा, त्यसैगरी वडा नं. ६ मा शेषमणी अधिकारी अध्यक्षमा र अनिता शर्मा सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै वडा नं. ७ मा ओमराज गिरी अध्यक्षमा र रेशम चौधरी सचिवमा, वडा नं. ८ मा जनक बुढा अध्यक्ष र निर्मल बुढा सचिवमा निर्विरोध निर्वाचित भएका छन् । भने वडा नं. ९ मा खिमबहादुर केसी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे