LISTEN LIVE RADIO

राप्ती गाउँपालिका भित्रका सबै बिद्यालय भाेली देखि खुल्ने



राप्ती गाउँपालिका भित्रका सबै बिद्यालय भाेली देखि खुल्ने

दाङ २७ भदाै । राप्ती गाउँपालिका भित्रका सबै बिद्यालय भाेली देखि खुल्ने भएका छन् । विद्यार्थीको भौतिक उपस्थितीमा भोलि देखि सामुदायीक र संस्थागत विद्यालयहरु खुल्ने भएका हुन ।स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्दै बस सेवा समेत संचालन गर्ने गरी विद्यालय खोल्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद शाखा विश्वास विकले जानकारी दिएका छन् । प्रअहरुकाे बैठककाे सिफारिसमा शिक्षा सिमितकाे बैठक बसी  गाउँ कार्यपालिकाको निणर्यमा डिसिसिएमसीकाे अनुमती लिएर विद्यालय खोल्ने निर्णय भएको विकको भनाइ छ । वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण प्रभावकारी नभएकाे र  कोरोना संक्रमण दरमा कमी अाएपछि विद्यालय सञ्चालनमा ल्याउन लागेकाे बताइएकाे छ । राप्ती गाउँपालिकामा सामुदायिक २९ संस्थागत, १५ र धार्मिक ३ वटा गरी ४७ वटा विद्यालय रहेका छन् ।

यता घोराही उपमहानगरपालिका भित्रका सबै बिद्यालय भोली देखि खुल्ने भएका छन् । विद्यार्थीको भौतिक उपस्थितीमा भोलि देखि सामुदायीक र संस्थागत विद्यालयहरु खुल्ने भएका हुन । स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्दै बस सेवा समेत संचालन गर्ने गरी विद्यालय खोल्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिएका छन् ।

उता डिसिसिएमसीकाे बैठकले स्मार्ट लकडाउन कार्यबिधी अन्तरगत डिसिसिएमसी सङ समन्बय गरि भोली देखि स्थानिय तहले विद्यालय संचालन गर्न पाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे