LISTEN LIVE RADIO

बंगलाचुलीका २ र घोराहीका १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि



बंगलाचुलीका २ र घोराहीका १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि

दाङ २७ भदाै । दाङमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १५ जनाको पिसिआर परिक्षण गर्दा बंगलाचुलीका २ जना र घोराहीका एक जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज संक्रमण मुक्त हुनेमा घोराहीका ५ जना, तुलसीपुर र शान्तिनगरका एक÷एक जना रहेका छन् । त्यस्तै जिल्लामा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४८ जनामा झरेको छ । जसमध्यबाट होमआइसोलेसनमा ४३ जना, ८ जना आईसियूमा र ६ जना अक्सिजन सहितको उपचारमा रहेका छन् ।

साथै जिल्लामा बैशाख यता हालसम्म ८ हजार ९ सय ७६ जना संक्रमित भएका छन् भने ८ हजार ७ सय १४ जना संक्रमण मुक्त भएका छन् । भने बैशाख यता कोरोना संक्रमणका कारण २ सय १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे