LISTEN LIVE RADIO

राप्ती गाउँपालिका पिपरीका एक युवककाे बबई नदीमा डुबेर मृत्यु



राप्ती गाउँपालिका पिपरीका एक युवककाे बबई नदीमा डुबेर मृत्यु

तुलसीपुर २७ भदौ । वनरक्षकका लागि बबई नदीमा अभ्यास गर्ने क्रममा एक युवकको डूबेर मृत्यु भएको छ । राप्ती गाउँपालिका–८ पिपरी निबासी १८ बर्षका आशिष चौधरीको दंगीशरण गाउँपालिका–३ झुलुङगे पुल नजिकै बबई नदीमा पौडीने क्रममा डूबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

मृतक युवक शुक्रबार दंगीशरणमा रहेको साथीको घरमा गएका थिए । “वनरक्षकका लागि फर्म भरेको रहेछन् । त्यसका लागि रुखमा चढ्नुपर्ने र खोला तर्नुपर्ने रहेछ ,” डिएसपी अर्यालले भन्नुभयो –“साथी संग मिलेर नदीमा पौडीखेल्ने क्रममा डुबेर मृत्यु भए छ ।” शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे