LISTEN LIVE RADIO

जिल्ला प्रशासनको अगुवाईमा भालुवाङ बजार अनुगमन, ३ ओटा पसलबाट २-२ लाख रुपैयाँ जरिबाना



जिल्ला प्रशासनको अगुवाईमा भालुवाङ बजार अनुगमन, ३ ओटा पसलबाट २-२ लाख रुपैयाँ जरिबाना

भालुवाङ २२ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाईमा मंगलवार भालुवाङ बजार अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा माँ लक्ष्मी मार्ट, पोख्रेल किराना पसलमा र रिजाल खाद्य भण्डारबाट लेबल नलागेको खाद्य सामाग्री र म्याद गुज्रेको समान फेला परेको । उक्त पसलहरुबाट म्याद गुज्रेको सामान जफत समेत गरिएको छ । भने प्रचलित कानुन अनुसार ३ वटै पसललाई पहिलो पटक २÷२ लाख रुपैयाँ जरिवना गरिएको छ ।

यसै गरी पुरानो भालुवाङ बजारमा रहेको ओम पाउरोटी उद्योगमा लेवल नलागेको राउरोटी फेला परेको छ । भने काजजात पुरा नगरेको, सरसफाई नभएको उद्योगमा सरफ र गुच्चा बिक्रीका लागि राखिएको देखिएको छ । त्यस्तै खाद्य तथा गुण नियन्त्रण कार्यालयमा उद्योग दर्ता नगरेकोले १ हप्ता भित्र उद्योग दर्ता नगरे उद्योग शिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले जानकारी दिएका छन् ।

अनुगमनका क्रममा अधिकांश पसलहरुमा मुल्य सुची नराखेको, पसल दर्ता तथा नवीकरण नगरिएको पाइएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक शरद खनाल, घरेलु उद्योग कार्यालयका प्रतिनिधि, राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेम खवास, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख भुवन भट्ट र पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे