LISTEN LIVE RADIO

इराकमा आईएस समूहद्वारा प्रहरी चौकीमा आक्रमण, १३ सुरक्षाकर्मीको ज्यान गयो, ६ घाइते



इराकमा आईएस समूहद्वारा प्रहरी चौकीमा आक्रमण, १३ सुरक्षाकर्मीको ज्यान गयो, ६ घाइते

काठमाण्डाै २० भदाै । इराकमा इस्लामिक स्टेट आईएसले आक्रमण गर्दा १३ जना सुरक्षाकर्मीको ज्यान गएको छ । एउटा प्रहरी चौकीमा भएको आक्रमणमा कम्तीमा १३ जना सुरक्षार्मीको ज्यान गएको इराकको प्रान्तीय प्रहरीलाई उदृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

घटनामा अरु ६ जना सुरक्षाकर्मी घाइते भएका छन् । आईएसले चौकीमा आक्रमण गर्नुको साथै सडकमा बिस्फोट पनि गराएका थिए । सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आईएस समूहले आक्रमण तीव्र पारेको छ ।

सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आईएस समूहलाई पराजित गरेपछि इराकको सुरक्षा स्थिति मजबुत रहँदै आएको महसुस गरिएको थियो । तर सुरक्षा बल तथा नागरिक विरुद्ध बारम्बार गुरिल्ला आक्रमण गरेर शहरी केन्द्र वा मरुभूमि र पहाडी क्षेत्रमा आईएसले आफ्नो अस्तित्व देखाउने प्रयास गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे