LISTEN LIVE RADIO

देउखुरीका चार वटै स्थानीय तहमा नागरिक समाज पूर्नगठन गरिने



देउखुरीका चार वटै स्थानीय तहमा नागरिक समाज पूर्नगठन गरिने

लमही २ भदाै । नागरिक समाज देउखुरीको मासिक समीक्षा बैठक जेष्ठ नागरिक सञ्जालको कार्यालय लमहीमा सम्पन्न भएको छ । बैठकले २०७८ साल साउन महिनाभरि समाजले गरेका गतिविधिहरुको समीक्षा गरेको छ । संयोजक दामोदर भण्डारीको अध्यक्षतामा सञ्चालित बैठकमा जेष्ठ नागरिक सञ्जालका अध्यक्ष जागेश्वर घिमिरेले बिषय प्रवेश गराएका थिए ।

सदस्य शशिधर ज्ञवालीको स्वागत मन्तब्यबाट शुरु भएको बैठकले साउन महिना भरि गरेका कार्यक्रमको समीक्षा गरेको छ । त्यसै गरी बैठकले साउन ७ गते राप्ती गाउँपालिकामा सम्पन्न नियमित बैठकमा प्रदेश कार्यालयहरु स्थापना, व्यवस्थापन, समस्या, समाधानका उपायहरु र कार्यान्वयनको बारेमा गरेको अन्तरक्रियाले सकारात्मक सन्देश दिएको ठहर गरेको छ ।

राप्ती नदीको सम्पदा संरक्षण, उचित व्यवस्थापन र प्रयोगको बारेमा आम नागरिकलाई सचेत बनाएको छ । दार्चुला तुइन घटनाको बारेमा सर्वप्रथम सरकारको विज्ञप्ती मार्फत ध्यानाकर्शण गराएको छ । सार्वभौमिकता, स्वाधीनता, असंलग्नता र जनभावना विपरित संसदमा बिचाराधीन एम सी सी सम्झौता संशोधन होइन, खारेज हुनुपर्ने र पद एवं प्रतिष्ठाका लागिमात्र चलखेल गर्ने राजनीतिक गतिविधिको अन्त्य हुनुपर्ने जस्ता निष्कर्श निकालेको छ ।

बैठकले नागरिक समाजको आगामी कार्यक्रमको रेखा पनि कोरेको छ । राष्ट्र र जनहित विपरितका (एम सी सी जस्ता) कार्यक्रमहरु वडा स्तरमा लैजाने, देउखुरीका चारै स्थानीय तहमा नागरिक समाजको पूनर्गठन गर्ने, देउखुरीका ३३ वटै वडाका प्रतिनिधि रहेको नागरिक समाज परिसद सभा बोलाउने र २०७८ साल भदौ महिनाभरिमा परिसद भेला सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

समीक्षा बैठकले साउन २७ गते एम सी सी सम्झौता बारे बिचार गोष्ठीमा जनप्रतिनिधि र राजनीतिक दलको नेतृत्व अनुपस्थित भएर सूचनाको हकसमेत कुण्ठीत गरेको अनुभूति गरिएको थियो । नागरिक समाजको क्षेत्रिय भेला सम्पन्न गरेपछि “नागरिक समाज र राजनीतिक दलबीच सम्बन्ध एवं जवाफदेहिता” बिषयक बिचार गोष्ठी देउखुरी व्यापी स्तरमा आयोजना गर्ने निर्णय गरिएको छ । समीक्षा बैठकमा नीमबहादुर थापा, दामोदर पाण्डेय, खगेश्वर शर्मा, बसन्तराज अधिकारी, कुशराज न्यौपाने, इश्वरीलाल सुबेदी लगायतकारहेका थिए। कार्यक्रमको सहजीकरण सचिव प्रकाश कुमार खनालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे