LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाको ९ वटै वडामा स्वास्थ्य सेवा विस्तार



राप्ती गाउँपालिकाको ९ वटै वडामा स्वास्थ्य सेवा विस्तार

सिसहनियाँ २ भदौ । दाङ देउखुरीको राप्ती गाउँपालिकाले ९ वटै वडामा स्वास्थ्य सेवा विस्तार गरेको छ । बुधवार थप ३ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्रको सेवा सुभारम्भ तथा उद्घाटन गरिए सँगै ९ वटै वडाबाट स्वास्थ्य सेवा दिन थालिएको छ ।

जस मध्ये वडा नम्बर १ र ५ मा एमबीविएस डाक्टर, प्रसुती सेवा, ल्याप सेवा र भिडियो एक्सरे, इसिजी सेवा सहितको सेवा प्रवाह भइरहेको छ । त्यसै गरी वडा नम्बर ४, ६ र ९ मा सामुदायिक स्वास्थ्य इकाई र वडा नम्बर २, ३, ७ र ८ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र रहेको छ । जहाँ १÷१ जना अहेव, अनमी र कार्यालय सहयोगी सहित ३ जना कर्मचारी राखिएको छ ।

स्वास्थ्य सेवाको पुहँचबाट टाढा रहेका नागरिकलाई आफ्नै वडाबाट सेवा लिन सहज होस भन्नका लागि नेपाल सरको नीति अनरुप राप्ती गाउँपालिकाले ३ वर्ष भित्रै ९ वटै वडामा स्वास्थ्य सेवा विस्तार गरेको छ । ती स्वास्थ्य सेवा केन्द्रबाट सामान्य विरामी उपचार तथा जाँच, प्राथामिक उपचार, आमा सुरक्षा सेवा अन्तरगत गर्भवती जाँच, आइरन चक्की वितरण, परामर्श सेवा, उत्तर प्रसुती सेवा, परिवार नियोजन सेवा अन्तरगत कण्डम वितरण, पिल्स र डिपो पोषण सेवा दिने राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । त्यस मध्ये वडा नम्बर ९ मा खोप तथा गाउँघर क्लिनीक सेवा पनि सञ्चालनमा रहेको स्वास्थ्य शाखा संयोजक राउतले जानकारी दिएका छन् ।

यसै क्रममा बुधवार वडा नम्बर ४, ७ र ८ मा स्वास्थ्य सेवा केन्द्रको सेवा सुभारम्भ तथा भवन उद्घाटन गरिएको छ । वडा नम्बर ४ मा वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, वडा नम्बर ७ मा वडा अध्यक्ष विद्याशरण चौधरी र वडा नम्बर ८ मा वडा अध्यक्ष गोकर्णबहादुर रानामगरको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता र उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आतिथ्यतामा ३ वटै स्वास्थ्य भवनको उद्घाटन तथा सेवा सुभारम्भ गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे