लमही गढवा सडक खण्डको बयल डाँडा र कोलही गाउँ जोड्ने बगै सोता खोलाको पुल भाँचियाे



लमही गढवा सडक खण्डको बयल डाँडा र कोलही गाउँ जोड्ने बगै सोता खोलाको पुल भाँचियाे

लमही ६ साउन । लमही गढवा सडक खण्ड अन्तर्गत रहेको बयल डाँडा र कोलही गाउँ जोड्ने  बगै सोता खोलामा रहेको पुल भाँचिएको छ ।

लमही नगरपालिका वडा नम्बर ५ कोलही गाउँ नजिकै रहेको बगै सोता खोलाको पुल बुधवार अपरान्ह पौने तीन बजेको समयमा गढवा देखि लमही तर्फ गैरहेको एउटा टिप्परले पुल क्रस गरे लगत्तै पुल भाचिएको प्रत्यक्षदर्शी किसन भट्टराईले जानकारी दिए ।

अहिले उक्त बाटो भएर गढवा तर्फ जाने र लमही तर्फ आउने सवारी साधन बनगाउँ भएर जानू पर्ने बाध्यता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे