तुलसीपुरले पेट्रोल पम्प सञ्चालनमा ल्याउने



तुलसीपुरले पेट्रोल पम्प सञ्चालनमा ल्याउने

तुलसीपुर ४ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाले पेट्रोल पम्प सञ्चालनमा ल्याउने भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ को नयाँ बसपार्कमा पेट्रोल पम्प सञ्चालन हुने उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपाने जानकारी दिए । त्यसका लागि नेपाल आयल निगमबाट स्वीकृती प्राप्त भइसकेको छ । पेट्रोल आपूर्ति तथा सञ्चालनको जिम्मा शारदा निमार्ण सेवा कम्पनीले लिएको छ ।

जससंग उपमहानगरपालिकाको २० बर्षको सम्झौता भएको छ । कम्पनीले वार्षिक ९ लाख १५ हजार रुपैया उपमहानगरपालिकालाई उपलब्ध गराउनु पर्ने सम्झौता भएको छ । त्यसमा प्रत्येक वर्ष २ प्रतिशतका दरले भुक्तानी रकम वृद्धि हुने छ । साथै ११औं वर्ष पछि ५ प्रतिशतका दरले सम्झौता रकम वृद्धि हुने उनले बताए ।

उपमहानगरपालिकाको २०७७ चैत २३ गते बसेको कार्यपालिका बैठकले पेट्रोल पम्प सञ्चालन गर्ने निर्णय गरेको थियो । छिट्टै सञ्चालन हुनु पर्ने भएपनि भनेको समयमा सञ्चालन हुन नसकेको बताए । साथै उनले पम्प सञ्चालनका लागि ४ किल्ला नापि सकेको र डिजाइन गर्न मात्रै बाँकी रहेको उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाले राजश्व संकलन र जनतालाई पेट्रोलियम पदार्थमा सहजता होस् भनेर सञ्चालनमा ल्याउन लागेको उनले जानकारी दिए । उक्त पेट्रोल पम्पमा डिजेल, पेट्रोल, मट्टितेल, उपलब्ध हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे