तुलसीपुरकाे प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आउने



तुलसीपुरकाे प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आउने

तुलसीपुर ४ साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा साउनको अन्तिम सातादेखि अक्सिजन प्लान्ट सञ्चालनमा आउने भएको छ । अर्थमन्त्रालयले पठाएको बजेटबाट उक्त अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन लागिएको हो । अक्सिजन प्लान्ट सञ्चालनमा आएसंगै दैनिक ७५ वटा सिलेण्डर अक्सिजन उत्पादन गर्न सकिने अस्प्तालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंहले जानकारी दिए ।

त्यसकालागि केही समय पहिले अक्सिजन प्लान्टको सामान अस्पतालमा आईपुगेको उनले बताए । उनका अनुसार ट्रान्सफरहरु बनि रहेको छ, त्यो बन्यो भने दैनिक ७५ वटा सिलिन्डर उत्पादन हुने उनको भनाई छ ।“ अक्सिजन उत्पादनको लागि काम तिब्र गतिमा सञ्चालन भईरहेको छ”, उनले भने “ साउनको अन्तिमसाता देखि अक्सिजन उत्पादन गर्ने तयारीमा छौं ।”

अस्पतालमा यस अघि सानो मात्रामा उत्पादन हुने अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको थियो । तर , त्यो प्लान्ट पटक–पटक बिग्रिरहने समस्याले गर्दा विरामीले सहज रुपमा उपचार पाउन सकेको अबस्था थिएन । अब भने सहज हुने उनले बताए । “पहिलेको सामान पुरोना पनि भयो मान्छे बोलाएर बनाए पनि केही दिन मै बिग्रिने समस्या छ” सिंहले भने “त्यसैमा सामानहरु पनि पाउँन कठिन हुने र बनाउने मान्छे पनि भनेको सायमा नआउने भएकाले ति सामान अस्पतालमै राखिएको छ ।” अहिले अक्सिजन प्लान्ट जडान गर्नको लागि १ करोड ३६ लाखमा टेण्डर भएको छ ।

त्यसैगरी अर्थ मन्त्रालयले पठाएको बजेटबाट एचडियु वेड आई सकेको र पीआईसीको वेड आउन बाँकी रहेको छ । पिआईसीको वेड पनि साउनको १५ गते सम्म दाङ आइपुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे