दाङमा रेडपाण्डाको छालासहित १ जना पक्राउ



दाङमा रेडपाण्डाको छालासहित १ जना पक्राउ

दाङ ४ साउन । दाङमा रेडपाण्डाको छालासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ दमाचौरका ३२ बर्षिय लोकमान सुनार रहेका छन् ।

आज दिउसो घोराही उपमहानगरपालिका वडा नम्बर ११ खैरामा प्रतिबन्धित बन्यजन्तु रेडपाण्डाको छाला बिक्रि भईरहेको बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलिले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए ।

उनको साथबाट प्रहरीले पुच्छर देखि टाउँकोसम्म ३ फिट ३ ईन्च लामो र छातीको चौडाई भाग ८ ईन्च भएको नङ्ग्रा सहित सुकेको छाला एक थान, रा ४ प ९८५० नम्बरको मोटरसाईकल एक थान र दुई थान मोबाईल बरामद गरेको छ । घटना बिषमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे