तुलसीपुरमा खुकुरी प्रहार गर्ने बस्नेत पक्राउ



तुलसीपुरमा खुकुरी प्रहार गर्ने बस्नेत पक्राउ

तुलसीपुर ४ साउन । एकहप्ता अघि तुलसीपुरमा खुकुरी प्रहार गरेको आरोपमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका ५ लौवस्ता निबासी २५ बर्षिय निर्मल बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।

बस्नेतलाई आइतबार राति शान्तिनगरको चिराघाटबाट पक्राउ गरेको एसपी काफ्लले जानकारी दिए । गएको असार २९ गते तुलसीपुर ५ रानीजरुवा बस्ने २३ बर्षिय बिशाल सुनारलाई बस्नेतले दोघरेमा खुकुरी प्रहार गरेका थिए । बस्नेत माथि ज्यान मार्ने उद्योगको मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे