लमही अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु



लमही अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु

लमही ४ साउन । दाङ देउखुरीको लमही अस्पतालमा आइतवार देखि डिजिटल एक्सरे सेवा संचालनमा आएको छ । यो डिजिटल एक्सरे सेवा प्रविधि देउखुरी क्षेत्रमै पहिलो हो । यस अघि अस्पतालमा डिजिटल एक्सरे नहुँदा बिरामीले निजि मेडिकलमा गएर महँगो शुल्क तिरेर सेवा लिन बाध्य थिए ।

देउखुरी क्षेत्रमै एक भरपर्दो अस्पताल नहुँदा यहाँका बिरामीले सास्ती भोग्नु परेको छ । डिजिटल एक्सरे संचालनमा आएपछि अन्यत्र जानु पर्ने बाध्यता टरेको छ । डिजिटल एक्सरे मेसिनको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी र उपप्रमुख देवका बेलबासेले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

पछिल्लो समय लमही अस्पतालको सेवाले बिस्तारै गति लिन थालेको छ । जनप्रतिनिधि आउनुपुर्व अस्तव्यस्त अवस्थामा रहेको अस्पताल अहिले फेरी व्यवस्थित हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे