कोरोना संक्रमणबाट मावि मौरीघाटका शिक्षक मिनकेतन चौधरीको मृत्यु



कोरोना संक्रमणबाट मावि मौरीघाटका शिक्षक मिनकेतन चौधरीको मृत्यु

भालुवाङ ३ साउन । कोरोना संक्रमणका कारण दाङको देउखुरीमा एक जना शिक्षकको मृत्यु भएको छ । कोरोनाका कारण राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी माध्यमिक विद्यालय मौरीघाटका शिक्षक मिनकेतन चौधरीको ५४ वर्षको उमेरमा शनिवार राती करिव ८ बजेको समयमा मृत्यु भएको हो ।

शिक्षक चौधरी लामो समय देखि मधुमेह र प्रेसरको बिरामी थिए । उनी बिरामी भएपछि असार १९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरि पिसिआर गरिएको थियो ।

२० गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई बुटवलको कोरोना अस्पतालमा भर्ना गरेर उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि असार २१ गते काठमाण्डौंको हेम्स अस्पतालमा उपचाररत रहेको मृतकका ज्वाई रामदास चौधरीले जानकारी दिएका छन् । यसै बीच चौधरीको निधनमा सोमवार मावि मौरीघाटले १ दिन विद्यालय बन्द गरी शोक मनाउने निर्णय गरेको विद्यालयकी प्रअ सिता रिजालले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे