कुलो निमार्णमा कमसल काम भएको भन्दै बसन्तपुरका किसान आन्दोलित



कुलो निमार्णमा कमसल काम भएको भन्दै बसन्तपुरका किसान आन्दोलित

भालुवाङ ३ साउन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ खुरुरीया गाउँको पुर्व तर्फ राप्ती नदी छेउमा निमार्ण गर्न लागिएको पक्की कुलो निमार्णमा कमशल काम भएको भन्दै स्थानीय किसानहरु आन्दोलित भएका छन् ।

लुम्बिनी प्रदेश सरकारबाट प्रगन्ना सिचाई आयोजनामा आएको ३ करोड बढी बजेट मध्ये कटाहा सम्मको करिव ६ सय मिटर लम्बाईको कुलो निमार्णमा कमशल काम भएको नदी संरक्षणकर्मी होमप्रसाद शर्मा र टाेपबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रगन्ना सिचाई आयोजनाले उपभोक्ता समिति गठन गरे पनि प्रगन्नाले उपभोक्ता समिति सँग मिलेर बजेट पचाउने हिसावले साउने झरीमा पनि रातारात काम गरी निमार्णको काम सिध्याउने योजनामा रहेको स्थानीयहरुको आरोप छ ।

कुलोको वाल र ढलानमा सिमेन्ट भन्दा बालुवा बढी हालेकाे, ५ वटा छड हाल्नुपर्नेमा ४ वटा छड हालेको, पि.सि.सि र आर.सि.सिको बीचमा झण्डै ५ इन्च ग्याव रहेको पाइएको छ । उपभोक्ता समितिका अध्यक्ष समेत रहेका टंकनाथ चौधरीले भने वर्षाका कारण वाल र ढलानमा समस्या भएको तर यसमा आफ्नो कुनै दोष नरहेको बताएका छन् ।

यसै क्रममा कुलोमा कमशल काम भएको भन्दै अख्तियार अनुसन्धान आयोग नेपालगञ्जमा उजुरी परेपछि आइतवार सो कुलोको अख्तियार अनुसन्धान आयोग नेपालगञ्जले अनुगमन समेत गरेको छ । अनुगमन पछि पत्रकारले सोधेको जिज्ञासामा आयोगका प्रहरी निरिक्षक विजय कुवरले अहिले अनुसन्धानकै क्रममा रहेकोले केहि बोल्न नमिल्ने बताए । यता स्थानीयहरुले बनिरहेको संरचनालाई भत्काएर नयाँ कुलो निमार्ण गर्न माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे