भारतीय प्रधानमन्त्री मोदीले दिए नेपालका प्रधानमन्त्री देउवालाई बधाई



भारतीय प्रधानमन्त्री मोदीले दिए नेपालका प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं ३ साउन। प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् ।

उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि मोदीले बताएका छन् ।देउवा प्रधानमन्त्री नियुक्त भएपछि भारतीय राजदूतले भेटेर बधाई दिएका थिए । तर प्रधानमन्त्री मोदीले बधाई दिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे