मुक्त कमैयाका समस्या पनि आयोग मार्फत सम्वोधन हुन्छः शर्मा



मुक्त कमैयाका समस्या पनि आयोग मार्फत सम्वोधन हुन्छः शर्मा
घोराही २ साउन । लुम्बिनी प्रदेश सभा सदस्य  रेवतीरमण शर्माले भुमिको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आयोग मार्फत योजनाबद्ध काम थालिएको प्रष्ट पारेका छन् । आयोग मार्फत थालिएको काम कुनैपनी बहानामा कसैलेपनि रोक्न नहुने र रोकिएको खण्डमा भूमिहिनलाई जग्गाको मालिक बन्न बाट रोक्ने प्रयास गरिएको ठानिने बताए।
२२ औं मुक्त कमैया दिवसको अवसरमा शनिबार घोराहीमा भएको अन्र्तक्रिया कार्यक्रमलाई माननीय सांसद शर्माले सम्वोधन गरे ।
मुक्त कमैया समाज र कमैया महिला जागरण समाजको आयोजना तथा नेपाल ग्रामिण पुर्ननिर्माण संस्था (आरआरएन) र सन संस्थाको सहकार्यमा कार्यक्रम भएको हो । समाजका अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षता, प्रतिनिधि सभा सदस्य माननीय मेटमणी चौधरीको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभा सदस्य माननीय रेवतीरमण शर्माको बिशिष्टि आतिथ्यतामा सम्पन्न कार्यक्रममा भूमिहिन, सुकुम्वारी र मुक्त कमैयालाई भूमिको मालिक बनाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले काम गर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं १७ का वडा अध्यक्ष खुसीराम चौधरी, वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्की, मालपोत तथा भूमिसुधार कार्यालयका प्रमुख दलबहादुर बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, नेपाल जनजाती महासंघका उपाध्यक्ष रामप्रसाद चौधरी, भूमि अधिकारकर्मी निर्मला विक, मनबुझाउन चौधरी, सिला चौधरी, डम्बर पुन, सवि चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । मुक्त कमैया महिला जागरण समाजका अध्यक्ष कमलापती चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण जगविर चौधरीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे