दाङमा आज देखि कोरोना विरुद्धको खोप लगाइदै



दाङमा आज देखि कोरोना विरुद्धको खोप लगाइदै

दाङ ३ साउन । दाङमा आज देखि कोरोना विरुद्धको खोप लगाइदै छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा १९ हजार भाईल भेरोसेल खोप आएको छ । उक्त खोपले ३८ हजार नागरिकलाई लगाउन मिल्ने स्वास्थ्य कर्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए । उक्त खोप दाङका दश वटै स्थानीय तहहरुलाई प्रदान गरिने भएको छ ।

यस पटक ५५ वर्ष माथिका सवै नागरिकलाई खोप दिईने जनाइएको छ । यसैगरी गरी लक्षित समुह अन्तर्गत शिक्षक,कर्मचारी, यातायात व्यवसायी, यातायात मजदुर, यस अघि खोप लगाउन छुटेका लक्षित समुहले पनि खोप लगाउने पाउनेछन् । सवै नागरिकलाई पाएक पर्ने गरी स्थानिय तहका प्रत्येक स्वास्थ्य संस्था तथा अस्पतालहरुबाट खोप दिईने भएको छ ।

खोप केन्द्रमा १ जना खोपकर्ता, २ जना स्वास्थ्य स्वंयम सेवक, स्वास्थ्यकर्मी तथा भ्याक्सिन करियरको व्यवस्थापनको साथै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिने भएको छ । कोरोना खोप लगाउन आउदा ५५ बर्ष माथिका व्यक्तिले आफनो नागरिकता र परिचय खुल्ने कागजात साथमा लिएर आउनुपर्ने छ भने लक्षित समुहका नागरिकले पनि परिचय खुल्ने कागजपत्र लिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे