नेपालमा थप १८७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, २१६४ जना निकाे २१ जनाकाे मृत्यु



नेपालमा थप १८७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, २१६४ जना निकाे २१ जनाकाे मृत्यु

काठमाण्डाै २ साउन । पछिल्लो २४ घण्टामा एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ६ हजार आठ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १० जना र तीन हजार दुई सय आठ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६५ जना गरी एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख १४ हजार दुई सय ४८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६४ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३० हजार चार सय सात पुगेको छ । थप २१ जना सहित नेपालमा नौ हजार पाँच सय २७ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । अहिले नेपालमा २५ हजार नौ सय ५२ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे