दाङमा बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जना घाइते



दाङमा बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जना घाइते

दाङ २ साउन । दाङमा बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । तुलसीपुर-२ बालापुरमा भएको दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर-२ का २८ वर्षिय अरुण चौधरी गम्भिर घाइते भएका छन् । ।

उहाँको खुट्टामा गम्भिर चोट लागेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । गम्भिर घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।  दुर्घटनामा मोटरसाइकलमा पछाडी बसेका सोहि ठाउँकै २८ वर्षिय बिरबहादुर चौधरी घाइते भएका छन् । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तुलसीपुरबाट बालापुरतर्फ गइरहेको ना ५ ख ८७८७ नम्बरको बसले विपरित दिशाबाट आइरहेको  रा २ प ६२४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइकलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे