निलसागरलाई करिव डेढ लाख बराबरको अक्सिजन कन्सनटेटर मेसिन र हुइल चियर प्रदान



निलसागरलाई करिव डेढ लाख बराबरको अक्सिजन कन्सनटेटर मेसिन र हुइल चियर प्रदान

भालुवाङ १ साउन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा अक्सिजन कन्सनटेटर मेसिन र हुइल चियर प्रदान गरिएको छ । कोरोना महामारीका बेला आश्रममा रहेका मानवहरु विरामी भएर अक्सिजन अभाव हुन नदिन र अपाङगता भएकाहरुलाई साहारा दिन बुटवलमा रहेको रोटरी इ क्लव अफ मेडिको फियुजन र राटरी क्लव बेक्स्ले युकेद्धारा सो सामाग्री प्रदान गरिएको हो ।जसमा २ थान हुइल चियर र १ वटा अक्सिजन कन्सनटेटर मेसिन गरी कुल १ लाख ४० हजार बराबरको सामाग्री प्रदान गरिएको आम्दा अस्पताल बुटवलका डा. सन्तोष पोख्रेलले जानकारी दिएका छन् । आश्रमका जिल्ला संयोजक प्रकाश विष्टको अध्यक्षता एवम् आम्दा अस्पताल बुटवलका डा. सन्तोष पोख्रेलको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकणर्बहादुर रानाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा डाक्टरहरु प्रकाश बस्नेत, विनिता भट्टराई, दिनेश गौतम, इन्जु ज्ञवाली, विनेश शाक्य, मञ्जु गुमाजु, अभिषेकमान बज्राचार्य, मदन ज्ञवाली, खलिल विन मिया, शेखर पोख्रेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा निलसागर सेवा आश्रमका अभियान्ता दिपेन्द्र न्यौपाने, हिको संस्थाका कार्यक्रम संयोजक शालिकराम आचार्य लगायतका वक्ताहरुले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन आश्रमका अभियान्ता गरिवु चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे