LISTEN LIVE RADIO

दाङमा साना याेजना परे पनि ठूला योजना परेनन्



दाङमा साना याेजना परे पनि ठूला योजना परेनन्

दाङ १५ जेठ  । शनिबार अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको बजेट बक्तब्यमा दाङमा कुनैपनि ठूलो बिकाशे योजना परेको छैन । केही पुराना योजनाहरुले निरन्तरता पाएपनि आकर्षक र आशा जगाउने गरि ठूला कुनैपनि योजनाहरु नपरेपछि दाङबासी निराश बनेका छन् ।

दाङको नारायणपुरमा बिमानस्थल निर्माणको लागि बजेट बक्तब्यमा परेपनि नेपालकै ऐतिहासिक टरिगाउँ एयरपोर्टको निर्माण तथा बिस्तारका लागि बजेटमा कुनै ब्यबस्था गरिएको छैन । यसअघिका बजेट बक्तब्यहरुमा समेत घोराही उपमहानगरपालिका वडा नं. १० स्थित नारायणपुर बिमानस्थल निर्माणको लागि बजेट ब्यबस्था गरिदै आएको भएपनि अपेक्षाकृत रुपमा कामहरु हुन सकेको छैन ।

त्यस्तै बजेटले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बिकास र बिस्ताका जस्ता कुराहरुलाई समेत कुनैपनि सम्बोधन गरेको छैन । तुलसीपुर उपमहानगरपालिकालाई स्मार्ट सिटी निर्माण गर्ने, देउखुरीको लमहीस्थित क्रिकेट मैदानको बिकास, भालुवाङदेखि सिक्टासम्मको राप्ती नदीमा जलयातायातको बिकासका लागि अध्यन जस्ता कुराहरु भने बजेट बक्तब्यमा समेटिएको छ ।

त्यस्तै तुलसीपुरस्थित उच्च अदालतको भवन निर्माणको कुरा बजेट बक्तब्यमा समेटिएको छ । त्यस्तै लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको बिकासका लागि समेत बजेटले ब्यबस्था गरेको छ । बुटवलदेखि कोहलपुरसम्मको पूर्वपश्चिम राजमार्गको स्तरउन्तिको लागि बजेटको ब्यबस्था गरिएको छ । यी बाहेक अन्य कुनैपनि आकर्षक कुरा सरकारी बजेट बक्तब्यमा नपरेको हुँदा दंगाली जनता निराश भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे