LISTEN LIVE RADIO

आईपीएल : काेलकाताका दुई खेलाडी काेराेना सङ्क्रमित, आजकाे खेल स्थगित



आईपीएल : काेलकाताका दुई खेलाडी काेराेना सङ्क्रमित, आजकाे खेल स्थगित

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमवार राति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ ।

कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने निर्णय गरिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रेस विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी दिएकाे हाे ।

विज्ञप्तिमा भनिएकाे छ, ‘साेमवार काेलकाता नाइट राइडर्स र राेयल च्यालेन्जर्स बेङ्गलाेरबीच हुने खेलकाे अर्काे तालिका प्रकाशित गरिनेछ । वरुण चक्रवर्ती और सन्दीप वारियरकाे कोरोना रिपाेर्ट पाेजेटिभ आएकाे हाे । टाेलीका अन्य सदस्यकाे रिपाेर्ट नेगेटिभ आएकाे छ । दुई खेलाडी आफैँ आइसाेलेशनमा बसेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे