LISTEN LIVE RADIO

तुलसीपुर घटना प्रकरण : सत्यतथ्य छानविन नहुँदासम्म परिवारले शव नबुझ्ने



तुलसीपुर घटना प्रकरण : सत्यतथ्य छानविन नहुँदासम्म परिवारले शव नबुझ्ने

तुलसीपुर २० वैशाख  । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरेर राखिएको गाडीमा तीन बच्चा मृत भेटिएपछि नागरिक त्रसिद बनेका छन् । यसलाई जिल्लाको ठूलो घटनाका रुपमा लिईएको छ । प्रहरीले नेपालगञ्जबाट कुकुर ल्याएर पनि अनुसन्धान ग¥यो । तर, शव सडिसकेकाले कुकुर खासै घटनाका बारेमा पत्ता लगाउन सकेन ।

किनकी घटना भएको २४ घण्टा भित्र भएमा कुकुरलाई सहज हुन्छ । गाडी रिमोर्ट वाला हो । रिमोर्ट वाला गाडीमा भित्र मान्छे कसरी पस्यो, भन्ने मै अनुसन्धान केन्द्रित छ ।  ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार आफूहरु पोष्टमार्टम रिपोर्टको प्रतीक्षामा रहेको र, त्यो रिपोर्ट आएपछि मात्रै थप अनुसन्धान अघि बढाईनेछ ।

उनको अनुसार आज साँझसम्म वा भोली विहानसम्म पोष्टमार्टमा रिपोर्ट आईपुग्नेछ । अहिले गाडी धनी यादव गैरे र चालक पदमबहादुर बस्नेतलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । माघ १ गतेदेखि घर अगाडी पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत भेटिएका थिए ।

उनीहरुका परिवारले सत्यतथ्य छानविन नहुँदासम्म शव नबुझ्ने अडान राखेका छन् । दलित अधिकारकर्मी हिरालाल सुनारका अनुसार उचित क्षतिपूर्ति दिनुकासाथै सत्यतथ्य छानविन नहुँदासम्म परिवारले शव नबुझ्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे