LISTEN LIVE RADIO

अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन



अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाण्डाै २० बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्दै गएको र अक्सिजन अभाव हुन थालेको भन्दै अस्पताललाई व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

नयाँ ‘भेरिएन्ट’ सहितको सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै जटिल अवस्थाका सङ्क्रमितको उपचारका लागि अक्सिजन आवश्यक पर्ने भएकाले सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन पत्राचार गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनले अस्पताललाई खाली सिलिन्डर मौज्दात नराख्न, आफूसँग भएको सिलिन्डर समयमा नै भर्नसमेत आग्रह गरेका छन् । अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । ती अस्पतालबाट दैनिक दुई हजार पाँच सय ४९ सिलिन्डर भर्न सक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे