LISTEN LIVE RADIO

राजीखुसीले माओवादी केन्द्र रोजेको लुम्बिनी प्रदेशसभाकी सांसद विमला वलीको स्पष्टक्ति



राजीखुसीले माओवादी केन्द्र रोजेको लुम्बिनी प्रदेशसभाकी सांसद विमला वलीको स्पष्टक्ति

बुटवल १९ बैशाख। दाङ क्षेत्र नम्बर ३ (ख)बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीले आफूले राजीखुसी नेकपा माओवादी केन्द्र रोजेको बताएकी छिन् । उपनिर्वाचनमा साविक नेकपाबाट प्रदेश सांसद हुनुभएकी वली खत्रीले माओवादी र एमाले दुई अलग पार्टी भएपछि माओवादी केन्द्र रोजेकी छिन् ।

माओवादी केन्द्र रोजपछि विभिन्न टिकाटिप्पनि भएको समयमा बुटवलमा पत्रकार सम्मेलन गर्दै वलीले आफुले राजीखुसी उक्त पार्टी रोजेको जानकारी दिएकी छिन्। चुनावका क्रममा हाल माओवादी केन्द्रमा भएका नेताहरुबाटै बढी सहयोग पाएको समेत उनले बताउँदै त्यसैले गर्दा पनि उक्त पार्टी रोजेको उल्लेख गरिन् ।

आज प्रदेश सभामा मओवादी र कांग्रेस सहितको दलले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वसको प्रस्ताव दर्ता गर्ने योजना भएको थियो । त्यस अघि पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए । साथै एमालेले एकल बहुमतको सरकार बनाउने र फेरि मुख्यमन्त्रीमा पोखरेललाई उठाउने बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे