दाङकाे घाेराही र तुलसीपुरमा गरी थप दुई कोरोना संक्रमितकाे मृत्यु



दाङकाे घाेराही र तुलसीपुरमा गरी थप दुई कोरोना संक्रमितकाे मृत्यु

दाङ १९ वैशाख । दाङमा थप दुई जना काेराेना  संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना  संक्रमणबाट  घाेराही र तुलसीपुरमा गरी थप दुइ कोरोना संक्रमित पुरुषकाे मृत्यु भएकाे हाे ।  कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ७७ बर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनका अनुसार ती पुरुषको आईतबार बिहान साढे ८ बजेतिर निधन भएको हो । वैशाख १२ गतेदेखि आईसियुमा उपचाररत उनी निमोनियाबाट ग्रसित थिए ।

यस्तै कोरोना संक्रमणबाट तुलसीपुरका एक पुरुषकाे पनि मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीको एचडियू कक्षमा उपचाररत तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षिय पुरुषको आइतबार (आज) दिउँसो पौने एक बजे मृत्यु भएकोे हो । अस्पतालका व्यवस्थापक दोर्ण वलीका अनुसार उनी शनिबारदेखि एचडियू कक्षमा उपचाररत थिए । उनलाई निमोनिया समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे