दाङकाे तुलसीपुरमै कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु



दाङकाे तुलसीपुरमै कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु

दाङ १९ बैशाख। कोरोना भाइरसको संक्रमण भए÷नभएको परीक्षणका लागि अब तुलसीपुरमै स्वाब संकलन गर्न थालिएको छ । तुलसीपुरमा रहेको मेट्रोसीटी पोलिक्लिनिक प्रालिले कोरोना परीक्षणका लागि आवश्यक स्वाब संकलनको काम शुरु गरेको हो ।

पिसिआर परीक्षणका लागि घोराही वा अन्य ठाउँमा जानुपर्ने बाध्यतालाई मध्यनजर गरि तुलसीपुरमै स्वाब संकलनको व्यवस्था गरिएको पोलिक्लिनिकका संचालक बसन्त योगीले जानकारी दिए । प्रालिले तुलसीपुरको अरनिको मैदानमा आज ८ देखि १२ बजेसम्म स्वाब संकलन गरिरहेको छ । भोलिबाट सोही स्थानमै दैनिक बिहान ७ देखि १२ बजेसम्म स्वाब दिन सकिने उनको भनाई छ । बिए डायग्नोस्टीक एण्ड पोलिक्लिक र बागेश्वरी डायग्नोस्टीक तथा पोलिक्लिनिकसंगको सहकार्यमा मेट्रोसिटी पोलिक्लिनिक प्रालिले पिसिआर परिक्षणका लागि स्वाब संकलन गर्न शुरु गरेको हो ।

पिसिआर परिक्षणका लागि सरकारले नीजि प्रयोगशालालाई तोके अनुसारको रकम लिने उनको भनाई छ । तुलसीपुरमा स्वाब संकलन गरी कोहलपुरमा पिसिआर परिक्षण गर्ने उनले बताए । तुलसीपुरमै स्वाब संकलन हुने भएपछि पिसिआरका लागि घोराही जानुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे