LISTEN LIVE RADIO

महिला तेक्वान्दो टोली सुर्खेत प्रस्थान



महिला तेक्वान्दो टोली सुर्खेत प्रस्थान

तुलसीपुर १२ चैत्र । तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७७ मा भाग लिन दाङ तुलसीपुरको खेलाडी टोली सुर्खेत प्रस्थान गरेको छ । प्रदेश  ६ को सुर्खेतमा चैत्र १३ गते शुक्रबारबाट सुरु हुने प्रतियोगितामा भाग लिन खेलाडी र अफिसियल गरि २० सदस्यीय टोली बिहिबार त्यस तर्फ प्रस्थान गरेको हो । टोलीमा हाम्रो पहुँच सेकेण्डरी स्कुल तुलसीपुरका १३ र बेल्झुण्डी दोजाङका ५ गरि १८ जना महिला खेलाडी, प्रशिक्षक राकेश परियार लगायत रहेका छ्न ।

खेलाडी टोलीलाई नेपाल तेक्वान्दो संघ प्रदेश  ५ का अध्यक्ष बिमल रिजाल, दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष सुवासचन्द्र केसी, हाम्रो पहुँच सेकेण्डरी स्कुलका प्रिन्सिपल डिआर भण्डारी, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उत्तम भण्डारी लगायतकाले संयुक्त रुपमा टिका लगाएर विदाई गरिएको हो । कार्यक्रम विद्यालयका प्रिन्सिपल डिआर भण्डरीको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघ प्रदेश  ५ का अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले खेलकुदको उच्च आदर्शलाई सबैले आत्मसाथ गर्नसके मात्र सिङ्गो खेल क्षेत्रले अपेक्षाकृत रुपमा फड्को मार्ने बताए ।

खेलकुद मानव जिवनको अभिन्न अंग हो यसको बिकासमा हामी सबैको उत्तिकै दायित्व रहे मात्र खेल बिकासको आधार स्तम्भ कोरिने छ उनले भने । साथै उनले अनुशासनको उच्च पालना गर्दै दरिलो आट र साहसका साथ खेल प्रदर्शन गर्न खेलाडीहरुलाई हौसला प्रदान गरे । विद्यालयका कल्याणकारीणी अधिकृत तिलकराम कालाथोकीको स्वागत रहेको कार्यक्रममा दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष सुवासचन्द्र केसी, हाम्रो पहुँच सेकेण्डरी स्कुलका प्रिन्सिपल डिआर भण्डारी, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उत्तम भण्डारी खेल, पत्रकार लक्ष्मण बस्नेत लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन विद्यालयका भ्वाइस प्रिन्सिपल शिव पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे