LISTEN LIVE RADIO

बिष्णु चौधरी विरुद्ध प्रहरीमा फेरि करणी मुद्दा दर्ता



बिष्णु चौधरी विरुद्ध प्रहरीमा फेरि करणी मुद्दा दर्ता

तुलसीपुर १२ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीको ‘असहाय बाल विकाश नेपाल’ का अध्यक्ष बिष्णु चौधरी बिरुद्ध सोही अनाथालयकै एक बालिकाले आफुमाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । अनाथालय सञ्चालन गर्दै आएका चौधरी बिरुद्ध अनाथालयमा बिगत ३ बर्षदेखि बस्दै आएकी जुम्लाकी एक १४ बर्षीया बालिकाले आफुलाई पटक÷पटक बालात्कार गरेको भन्दै प्रहरीमा बिहीवार जोहरी दिएको दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।

प्रहरीमा बुधबार बेलुका नै आएर ती बालिकाले आफुमाथि भएको बलात्कार बारे जानकारी दिएको र बिहीवार लिखित रुपमा जाहेरी दिएको एसपी चन्दले बताए । जाहेरी लगतै प्रहरी आरोपित चौधरीलाई खोज्न घरमै पुगेपनि फेला पार्न नसकिएको एसपी चन्दले जानकारी दिए ।

बिगत ६ महिनादेखि चौधरीले आफुमाथि पटक ÷ पटक बालात्कार गर्दै आएको कुरा बालिकाले जाहेरीमा उल्लेख गरेकी छन् । एसपी चन्दका अनुसार आफुमाथि पटक÷पटक बालात्कार भएपछि त्यो सहन नसकेर ती बालिकाले स्थानीय एक महिलालाई कुरा भनेकी थिइन । त्यसपछि तीनै महिलाको सहयोगमा ती बालिका प्रहरीमा सहयोगको लागि आइपुगेको एसपी चन्दले बताए ।

यसैबीच अनाथालयमा रहेका अन्य बालबालिकालाई त्यहाँबाट अनेत्र स्थान्तरण गर्नको लागि तयारी भइरहेको प्रहरीले जनाएको छ ।
त्यसका लागि तुलसीपुर उपमहानगरपालिकासंग समन्वय गरि तत्लका बालबालिकालाई अनेत्र स्थान्तरण गर्न इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहलाई आफुले निर्देशन दिइसकेको एसपी चन्दले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका नेता चौधरी २०६५ साल चैतन १५ मा बिजौरीमै भएको अर्कौ एउटा सामुहिक बलात्कार मुद्दामा २०७५ साल माघ ३ गते पक्राउ परेपनि ८८ दिन जेल पछि धरौटी राखेर जमानतमा छुटेका थिए । तुलसीपुर १८ बिजौरीका बासिन्दा ३१ बर्षीय चौधरीलाई उक्त सामुहिक बलात्कार काण्डमा सर्बौच्च अदालतले २०७२ साल फागुन ३० गते ९ बर्ष ११ महिना २ दिन कैद र ५० हजार जरिवाना समेत तोकेको थियो ।

चौधरीको गाउँ बिजौरीमा भएको उक्त सामुहिक बलात्कार काण्डमा परि जिल्लाकै साबिक गढवा गाविस र हाल गढवा गाउँपालिका वडा नं. ६ वढवा निवासी १७ बर्षीया कल्पना खनालको मृत्यु भएको थियो ।बलात्कार पछि बिछिप्त अवस्थमा पुगेकी खनालको बलात्कारमा परेको ८४औं दिनपछि उपचारका क्रममा मृत्यु भएको आफन्तले दाबी गरेका छन् ।

खनाल उक्त दिन तत्कालिन समयमा माओवादीले नै गरेको नेपाल बन्दका कारण गाडी पाउने आसमा तुलसीपुरबाट पैदल हिडेर बिजौरी सम्म पुगेपनि बस नपाउँदा प्रतिक्षा लयमै बसेको समयमा सामुहिक बलात्कारको शिकार भएकी थिइन । घोराहीमा अध्यनरत खनाल तुलसीपुर भन्दा पश्चिममा रहेको अन्टिको घरमा आएर पुनः घोराही फर्किन खोज्दै थिइन ।

फरक कोणबाट साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे