LISTEN LIVE RADIO

छोराको जीवन रक्षा गरिदिन बुबाको अपिल



छोराको जीवन रक्षा गरिदिन बुबाको अपिल

सिसहनियाँ १२ चैत्र ।  आफ्नो छोराको जिवन रक्षाका लागी एक जना बुबाले अनुरोध गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी वर्ष २१ का सगुन गुरुङ बिगत ९ वर्ष देखि बोन म्यारो प्लास्टिक एनिमिया रोगले ग्रसित रहेका छन्। उनको सिभिल सर्भिस हस्पिटलमा उपचार भैरहेको छ। विगत डेढ महिना देखि उपचाररत सगुनको शरीरमा रगत उत्पादन नहुने र अरुले चढाएको रगतले काम नगर्ने हुँदा तत्काल बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्नेमा पेटमा समस्या थप हुँदा यहि फागुन ६ गते देखि आईसियुमा भर्ना गरिएको छ।

परिवारको आर्थिक अवस्था निकै कमजाेर भएको तथा उपचारका निम्ति १५ देखि २० लाख सम्म खर्च लाग्ने भएको हुँदा बुबा जगत गुरुङले सहयोग गरिदिन हुन सबैमा अनुरोध गरेका छन्। सहयोग गर्न चाहने इच्छुक सहयोगीले एन आइसी एसिया बैकको खाता नम्बर L २८७९६५८८१६५२४०१ तथा बुबा जगतबहादुर गुरुङकाे माेबाइल नम्बर ९८४७८९३५७५ , अन्कल लुमबहादुर गुरुङ ९८६३११८९८६ मा सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे