LISTEN LIVE RADIO

दाङको तुलसीपुरमा इन्टर रोटरी-रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट सुरु



दाङको तुलसीपुरमा इन्टर रोटरी-रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट सुरु
 तुलसीपुर २१ फागुन । दाङको तुलसीपुरमा इन्टर रोटरी – रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ शुक्रबार देखि सुरु भएको छ । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा द लेजेण्ड फुटसल ग्राउन्डमा संचालित प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले मानव स्वास्थको अभिन्न अंग खेलकुदको बिकास बिना समृद्धिको परिकल्पना गर्न नसकिने बताएका छन् । बिकसित मुलुकले खेलकुदका माध्यमबाटै समृद्धि हासिल गरेका छन् । देशको समृद्धिको मुख्य सुचक खेलकुद हो अब हामी खेलकुदमा लगानी बढाउँदै लैजाने पक्ष मा छौ उनले भने । त्यस्तै उनले खेलकुदको शहर तुलसीपुर खेलमय बन्दैछ, हामी भौतिक संरचना निर्माण र खेल गतिविधि एकै साथ अगाडि लैजादैछौ ।
त्यस्तै विशिस्ट अतिथि ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिङले तुलसीपुर क्षेत्रमा बढेको खेल गतिबिधीको प्रसंशा गर्दै बाहिर जिल्लाबाट आउने खेलाडीको सुरक्षा ब्यबस्थापन मजुबुत पारेको बताए ।  प्रतियोगिताको उद्घाटन समारोह रोटरी क्लब अफ तुलसीपुर सिटीका प्रस्तावित अध्यक्ष शिवप्रसाद श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिङ र तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकलको बिशिष्ट आतिथ्यमा भएको थियो । रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष प्रमिस लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमको संचालन रोटरी क्लब अफ तुलसीपुर सिटीका महासचिव देवेन्द्र केसीले गरेका थिए ।
यसै बिच प्रतियोगितामा रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्र्याक्ट क्लब अफ तुलसीपुरले बिजयी सुरुवात गरेका छन् । शुक्रबार सम्पन्न उद्घाटन खेलमा रोटरी क्लब अफ लमहीलाई ३ का बिरुद्ध ११ गोलको पराकिलो अन्तरले पाखा लगाउँदै रोटरी क्लब अफ तुलसीपुर सिटीले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै रोटरी क्लब अफ धनगडीलाई २ का विरुद्ध १७ गोलको भारी अन्तरले पाखा लगाउँदै रोट्रयाक्ट क्लब अफ तुलसीपुरले बिजयी यात्रा सुरु गरेको हो ।
आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेलको बिकासमा थप टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक रुपेश शर्माले जानकारी दिए । प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १० हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक शर्माले बताए । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ वेस्ट प्लेयर हुने खेलाडी लाई पुरस्कृत गरिनेछ । फागुन गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ। यसै विच प्रतियोगिताको फाईनल तथा समापन समारोह शनिवार हुने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे