LISTEN LIVE RADIO

तुलसीपुरमा लागु औषध खाएर अचेत अवस्थामा रहेका तीन जना पक्राउ



तुलसीपुरमा लागु औषध खाएर अचेत अवस्थामा रहेका तीन जना पक्राउ

तुलसीपुर २१ फागुन ।  लागु औषध खाएर अचेत अवस्थामा रहेका तीन जनालाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ । शुक्रबार अपरान्ह करिब ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाको अटोभिलेज नजिकैबाट लागु औषध ट्रामाटोल नामक लागु औषधी सेवन गरेर अचेत अवस्थामा रहेका तीन जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ५ बस्ने ३४ वर्षिय रोशन खड्का, सोही ठाउँ निवासी २२ वर्षिय डम्मर छिनाल र १८ वर्षिय दुर्गा घर्ती रहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुर स्राेतका अनुसार सादापोसाकमा खटिएकाे प्रहरी टोलीले पक्राउ गरेको छ । उनीहरुको साथबाट एक पत्ता ट्रामाटोल नामक लागुऔषध समेत बरामद गरेको छ । साथै तीनै जनालाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे