कतिथ आरोप पत्रनै पार्टी भित्र देखिएको समस्याको जड हाे :  शर्मा



कतिथ आरोप पत्रनै पार्टी भित्र देखिएको समस्याको जड हाे :  शर्मा
लमही २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य  रेवतीरमण शर्माले पार्टी भित्र विभाजन ल्याउने मुख्य कारक प्रधानमन्त्री केपी शर्मा ओलीलाइ लक्षित गरि पुष्पकमल दाहाल प्रचण्डको कथित आरोप पत्र भएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) लमही नगर संगठन कमिटीले शुक्रबार लमहीमा आयोजना गरेको सहिद स्मृति दिवस तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । लमही संगठन कमिटीका संयोजक दण्डिराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य एवम् पार्टीका केन्द्रीय सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । ‘कसैलाई सिध्याउनेगरी त्यो आरोप पत्र ल्याइयो । यो आरोप पत्र फिर्ता नहुदा सम्म सहमति र पार्टी एकताको बारेमा अघि बढ्न सकिन्न’उनले भने–‘दुई अध्यक्ष एकै ठाउँमा बस्न नसक्ने अवस्थामा पुगेको बेला कसरी पार्टी एकताको बाँकी काम अघि बढ्न सक्ला ।’ वर्तमान सरकारको लोकप्रियता देखेर पार्टी भित्रबाटै सरकारलाई घेराबन्दी गरिनु निकृष्ठ कार्य भएको टिप्पणी गरे ।
‘काम हुन थाल्दा खुट्टा तान्ने प्रवृत्तिले अहिलेको संकट उत्पन्न गराए । जनमतको कदर हुनुपथ्र्याे । पाँच बर्ष सरकार चलाउनबाट रोक्नेहरुनै समस्याका जड हुन’उनले भने–‘सहिदले देखेको अग्रगमन, समृद्धिको बाटोबाट हामी अघि बढेका छौं ।’ कार्यक्रमलाई पार्टीका लुम्बिनी संगठन कमिटी सदस्य तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको मुल पार्टी भएको बताए । यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश संगठन कमिटिका सदस्य नारायण डिसी छम्पालीले वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रियता, स्वाधीनता र जनजीवीका प्रति गरेको प्रतिवद्दा तथा अडान, विकासको लहर ल्याएउन सफल भएको बताए । देश विकास हुने भयो भन्ने छट्पटीका कारण पार्टी भित्रबा घेराबन्दी गरिनु खेद जनक भएको बताए ।
लुम्बिनी प्रदेश संगठन कमिटीका सदस्य धुपनारायण चौधरीले केपी ओलीले देखेको सपना पूरा गराउन सबै त्यसबाटे अघि बढ्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रमलाई जिल्ला सदस्य विमबहादुर केसी, खिमबहादुर केसी, अब्जल अलि, भगवता बस्नेत, लक्ष्मी शर्मा, पर्शु चौधरी, त्रिलोचन देवकोटा, भिम भुसाल लगायतका व्यक्तहरुले सहिदहरुले देखेको सपना पूरा गर्ने देशमा अझै काम गर्न बाँकि रहेको बताएका थिए।
नेकपा लमही नगर संगठन कमिटि सदस्य श्यामकला भुसालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर पार्टी संगठन कमिटीका सचिव भानु जोशीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य रेवतीरमण शर्माले नगर संगठन कमिटीका १६१ जना सदस्यलाई सपथग्रहण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे