LISTEN LIVE RADIO

तुलसीपुरमा प्रथम हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता हुने



तुलसीपुरमा प्रथम हिरा डाँगी स्मृति कप फूटबल प्रतियोगिता हुने

तुलसीपुर २० फागुन । दाङको तुलसीपुरमा प्रथम हिरा डाँगी स्मृतिकप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ ।

हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा संचालन हुने प्रतियोगिता आउदो चैत्र २५ गतेदेखि तुलसीपुर ५ अरनिको खेल मैदानमा सुरु हुनेछ ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र ब्यवसायिक फूटबल खेलको बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

२०७६ साल चैत ३ गतेका दिन एक हतियारधारी समुहको आक्रमणमा परि ज्यान गुमाएका फुटबलका होनहार खेलाडी डाँगीको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हिरा डाँगी फाउन्डेसनका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिएका छन् ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण लामो समय ठप्प बनेको स्थानीय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिन लागिएको प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ६५ हजार मेडल, प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडीलाई पुरस्कृत गरिने प्रतियोगितामा मुल आयोजक समितिका संयोजक भुपेस डाँगीले जानकारी दिए ।
बैशाख २ गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईने छ।

यसैविच प्रतियोगिता मुल आयोजक समितीले आफ्नो तयारीलाई तिव्र पारेको जनाएको छ । उसले प्रतियोगिता भब्य एवं सभ्य तवर सम्पन्न गर्नका लागि मुल समितिका मातहत रहेका विभिन्न उपसमितिले प्रचार प्रसार, आर्थिक ब्यबस्थापन, लगायतका तयारी लाई तिब्र पारेको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे