LISTEN LIVE RADIO

जनताकाे अदालत सबै भन्दा ठूलो अदालत : शर्मा



जनताकाे अदालत सबै भन्दा ठूलो अदालत : शर्मा

देउखुरी २० फागुन । लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य रेवतीरमण शर्माले जनताकाे अदालत भन्दा ठूलो अदालत अरु केही हुन नसक्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राजपुर गाउँपालिका संगठन किमिटिकाे अायाेजनामा सञ्चालित एक महिने संगठन सुदृढीकरण तथा शुद्धीकरण अभियान अन्तरगत राजपुर गाउँपालिका वडा नम्बर १ माररी खाेलामा भएको टाेल भेलालाई सम्बाेधन गर्दै उनले राजनीतिक परिवर्तन संगै नागरिक अधिकारमा समेत धेरै परिवर्तन अाएकाे, जनतालाई विकास र समृद्धिकाे अनुभुती दिलाएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

विगतमा सरकार र जनताकाे विचमा भेट नहुने अवस्था थियाे । तर, अहिले नागरिककाे सु:ख, दु:खमा संगै सामेल भएर गाउँ-गाउँमा विकासका याेजना पुर्‍याउने काम भएको छ´उनले भने-राजनीतिक परिवर्तनले विकासकाे अवधारणामा समेत परिवर्तन ल्याएको छ । न्याय पूर्ण सन्तुलित विकासकाे अवधारणा अनुसार हामी अघि बढेका छाैं ।´ भेलालाई नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य ध्रुब अाचार्य, जिल्ला सदस्य हेमकुमार जिसी लगायतले सम्बाेधन गरेका थिए ।

मृग सिंह सुनार संयाेजक र विरबहादुर राेका सचिव रहेकाे १७ सदस्यीय टाेल कमिटी गठन गरिएको छ । यस्तै मानसिंह सुनार संयाेजक र ममिश्वर ठेडीमगर सचिव रहेकाे १५ सदस्यीय राष्ट्रिय युवा संघ नेपालकाे टाेल कमिटी गठन गरिएको छ ।

यस्तै राजपुर गाउँपालिका वडा नम्बर ६ गंगदी दक्षिण टाेलमा अर्जुनकुमार चाैधरी संयाेजक र अरुणकुमार चाैधरी सचिव रहेकाे १५ सदस्यीय नेपाल कम्युनिस्ट पार्टी(नेकपा)टाेल कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे